- कार्यक्रममा उनले शिक्षा प्रणालीलाई समावेशी, गुणस्तरीय र समतामूलक बनाउने दिशामा सबै सरोकारवालाले योगदान दिनुपर्ने आवश्यकता औँल्याए ।
काठमाडौं: सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको मर्म र भावना अनुरूप हुनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम तथा विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभामा बोल्दै मन्त्री सिंहले शिक्षा क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तन अपरिहार्य भएको बताए ।
‘अहिलेको समयलाई हामी सबैले राम्रोसँग बुझ्न जरुरी छ,’ मन्त्री सिंहले भने, ‘संविधान सभाबाट जारी भएको संविधानको मर्मअनुसार शिक्षामा आमूल परिवर्तन आवश्यक छ । अहिलेको शिक्षा विधेयक संसदमा पास हुने चरणमा रहेको छ, यसलाई गम्भीर ढंगले लिनुपर्छ ।’
उनले शिक्षा क्षेत्रलाई समाज परिवर्तनको मूल आधारका रूपमा व्याख्या गर्दै भने, ‘शिक्षा यस्तो माध्यम हो जसले समाजमा रहेका विकृतिहरू हटाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । यस क्षेत्रमा उचित लगानी गर्न सके समाजलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ ।’
कार्यक्रममा उनले शिक्षा प्रणालीलाई समावेशी, गुणस्तरीय र समतामूलक बनाउने दिशामा सबै सरोकारवालाले योगदान दिनुपर्ने आवश्यकता औँल्याए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।