जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ: देउवा
२०८२ भाद्र ०६ शुक्रवार
- उनले भने,‘आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ ।
काठमाडौं: नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली काङ्ग्रेस दृढ रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनले आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर रहेको भन्दै प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ रहेको बताए ।
उनले भने,‘आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ । निरन्तर प्रयासपछि पार्टी समानुपातिक र समावेशि मूल्य मान्यता अनुसार अगाडि बढेको छ । गणतन्त्र, संघीयता, धर्म निरिपक्षता, समानुपातिक समावेशिताको प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ छ । संविधान संशोधन गर्दा प्राप्त गरेको उपलब्धीलाई जोगाउँदै अघि बढ्नुपर्छ ।’
यस्तै, उनले काङ्ग्रेसले मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गरेको भन्दै उनीहरुको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।
उनले भने, ‘काङ्ग्रेस तथा मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उहाँहरुको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गरेर उहाँहरुलाई सम्मान गर्न पाउदा एकदमै खुशी लागेको छ ।’
सोही क्रममा कांग्रेस महामन्त्री गगन थापाले २०१५ को सेरोफेरोमा राजनीतिमा स्थापित भएको सबैभन्दा असल राजनीतिक व्यक्तित्व काङ्ग्रेसमा नै हुने गरेको बताए।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।