कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ?: डा. कोइराला
२०८२ भाद्र ०६ शुक्रवार
- शुक्रबारकाठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकमाथि राज्यले उचित मूल्यांकन नगरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबारकाठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् ।
कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ । तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौं ।’
उनले शिक्षकमाथिको तलब संरचनाप्रति आक्रोश जनाउँदै थपे, ‘कार्यालय सहायकको भन्दा शिक्षकको तलब कम छ यो देशमा । यस्तो पनि हुन्छ ? अनि शिक्षकहरूले कसरी मन लगाएर काम गर्ने? यसबारे सोच्न जरुरी छ ।’
उनले शिक्षा क्षेत्रका समस्या समाधान गर्न राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए । ‘अहिले शिक्षकहरूका बारेमा विधेयक बन्दैछ । राज्यले सामुदायिक र सरकारी विद्यालयहरूलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा प्राथमिकता दिनुपर्छ,’कोइरालाले भने ।
शिक्षकको कम तलबले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पार्ने उनको भनाइ थियो । साथै, उनले शिक्षा नै राष्ट्रको समृद्धिको मूल आधार भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरे ।
‘देशको आर्थिक अवस्था कमजोर छ तर शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।’ उनले भने । उनले कुनै पनि देशलाई विश्वमा चिनाउने माध्यम शिक्षा नै हो भन्ने बुझ्न जरुरी रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’