'विकास हुन नसक्नुको कारण राजनीतिक अस्थिरता मात्र होइन'
२०८२ भाद्र ०६ शुक्रवार
- उनका अनुसार विशेषगरी न्यायपालिका अहिले गम्भीर सङ्कटमा फसेको छ ।
काठमाडौँ, ६ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा विकास र समृद्धि प्रक्रिया तीव्रगतिमा अघि बढ्न नसक्नुका कारण केवल राजनीतिक अस्थिरता मात्र नभई राज्यका अन्य अङ्गहरूको पुनःसंरचना र रूपान्तरण नहुनु पनि भएको बताएका छन् ।
उनका अनुसार विशेषगरी न्यायपालिका अहिले गम्भीर सङ्कटमा फसेको छ । “न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुसविना न्याय पाउने अवस्था छैन”, श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत बताए । उनले अझ गम्भीर रूपमा अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको टिप्पणी गरे ।
श्रेष्ठका अनुसार निर्दोषहरू जेलमा कोचिनुपर्ने, सम्पत्ति गुमाउनुपर्ने र न्याय वञ्चित हुने अवस्था सिर्जना भएको छ । उनले न्यायपालिकामा बसेका जिम्मेवार पदाधिकारीहरूले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औँल्याए ।
“राज्यका अङ्गहरूको पुनःसंरचना र रूपान्तरण अनिवार्य छ । तर त्यसका लागि त्यस अनुरूपको राजनीतिक नेतृत्व आवश्यक छ, र त्यसको आधार ‘सफा राजनीति’ हुनुपर्छ”, उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’