संसद बहिष्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो : सांसद डाँगी
२०८२ भाद्र ०६ शुक्रवार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले सरकारले रास्वपाको आन्दोलन र संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको बताउँदै त्यसप्रति गम्भीर आपत्ति व्यक्त गरिन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले संसद बहिष्कारलाई संविधानविरोधी वा लोकतान्त्रिक मूल्यविपरितको अभ्यासका रूपमा चित्रण गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले सरकारले रास्वपाको आन्दोलन र संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको बताउँदै त्यसप्रति गम्भीर आपत्ति व्यक्त गरिन् ।
उनले भनिन्, ‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउन चाहन्छु । संसद बहिष्कार कुनै संविधान विरोधी अभ्यास होइन, यो लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो । जुन विगतमा सत्तामा बसेकाहरूले पनि पटक–पटक प्रयोग गरेका छन् ।’
उनले रास्वपाको आन्दोलन सत्तापक्षलाई खबरदारी गर्न र जनताको आवाज संसदमार्फत् प्रतिनिधित्व गराउने उद्देश्यले गरिएको बताइन् ।
‘लोकतन्त्र केवल संख्याको बलमा सरकार चलाउने नाम होइन,’ उनले भनिन्, ‘प्रतिपक्षको आवाज सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने कुरा सत्ता पक्षले बिर्सनु हुँदैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।