बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित

२०८२ भाद्र ०५ बिहिवार
सारांश
  • बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक, संसदीय समितिबाट पारित भएको छ ।

काठमाडौँ, ५ भाद्र । बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक, संसदीय समितिबाट पारित भएको छ ।

 

विहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले लामो छलफलपछि विधेयकलाई बहुमतका आधारमा पारित गरेको हो ।

 

निर्णयसँगै शिक्षा क्षेत्रमा दूरगामी असर पार्ने यो विधेयक अब अन्तिम टुंगोका लागि प्रतिनिधिसभाको पूर्ण बैठकमा पेश हुने भएको छ ।

 

समितिबाट विधेयक सर्बसम्मत रुपमा पास हुन भने सकेन । सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादवले विधेयकका प्रावधानमा असहमति जनाउँदै फरक मत दर्ता गराएका छन् । 

 

त्यसैगरी, रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद बिना जैसवालले पनि फरक मत पेश गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार