रवि लामिछानेलाई भेटेपछि प्रचण्डले के भने ?

२०८२ भाद्र ०४ बुधवार
सारांश
  • प्रचण्डले भैरहवाको तुलनामा नख्खु कारागारमा राम्रो सुबिधा रहेको आफुले पाएको बताए ।

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

 

भेटपछि प्रचण्डले कांग्रेस एमालेले लामिछानेलाई दुख दिएपछि रास्वपालाई फाइदा भएको बुझेको उनले आफुलाई बताएको उल्लेख गरे ।  प्रचण्डले भैरहवाको तुलनामा नख्खु कारागारमा राम्रो सुबिधा रहेको आफुले पाएको बताए ।

 

लामिछानेसँग राजनीतिक विषयमा पनि छलफल भएको बताउदै उपसभामुखलाई हटाउन खोजेको बारे पनि चर्चा भएको जानकारी दिए । जनता सम्पूर्ण रुपमा कांग्रेस एमाले विरोधी भएर पनि सरकारले नचेतेको प्रचण्डको आरोप रहेको छ ।

 

लामिछानेले कांग्रेस-एमालेले आफु बिगो बराबरको रकम धितो राखेर बाहिर बसेर मुद्धा लड्न समेत नदिएको भन्दै गुनासो गएको प्रचण्डले बताए ।

 

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत साउन ३१ गते ललितपुरस्थित नख्खु कारागार ल्याइएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार