सांसद कुँवरको प्रश्न: देश ग्रे–लिष्टमा गयो, चिन्ता उपसभामुख हटाउनेमा मात्र ?
२०८२ भाद्र ०४ बुधवार
- युवालाई विदेश जानबाट कसरी रोक्ने भन्नेमा जानुपथ्र्यो । सबैको चिन्ता लोकतन्त्रलाई कसरी बलियो बनाउने र बचाउने भन्ने हुनुपथ्र्यो ।’
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका सांसद शेरबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वप्रति तीव्र आलोचना गर्दै देशको समसामयिक समस्याप्रति गम्भीर ध्यान नदिएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सांसद कुँवरले देश अहिले आर्थिक तथा कूटनीतिक चुनौतीको घेराभित्र रहेको अवस्थामा सरकार र ठूला दलहरू सत्ताको भागबण्डा र शक्ति प्रदर्शनमा मात्रै केन्द्रित रहेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले देशको बारेमा बहस गर्दा ग्रे–लिष्टबाट कसरी हटाउने भन्ने विषयमा जानुपथ्र्यो । युवालाई विदेश जानबाट कसरी रोक्ने भन्नेमा जानुपथ्र्यो । सबैको चिन्ता लोकतन्त्रलाई कसरी बलियो बनाउने र बचाउने भन्ने हुनुपथ्र्यो ।’
सांसद कुँवरले अन्तर्राष्ट्रिय दातृ निकायहरूले समेत नेपालको अवस्थालाई लिएर हात उठाउने स्थिति आइसकेको बताउँदै राजनीतिक नेतृत्वको प्राथमिकता नै गलत दिशामा रहेको बताए ।
‘देश ग्रे–लिष्टमा गयो, त्यो चिन्ता उहाँहरूलाई छैन, उपसभामुखलाई कसरी हटाउने भन्ने दम्भ मात्रै छ,’ उनले भने, ‘उहाँहरूलाई कसले च्यालेञ्ज दिन सक्छ ? किन साना दलसँग डराएका छन् ?’ उनले प्रश्न गरे ।
यसैगरी जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस–एमाले तयार भएमा आफूहरुले सहयोग गर्ने बताएका छन् ।
उनले आफूहरु सत्तापक्षको सांसद भएकाले सरकारले गर्ने सबै प्रकारका राम्रा काममा जनमत पार्टीको साथ र सहयोग रहने बताएका हुन् ।
‘जनमत पार्टी अहिले सरकारको पक्षमा छ । सत्ता पक्षमा छ । सरकारले गर्ने जुनसुकै राम्रा निर्णयमा हाम्रो साथ र सहयोग हुन्छ । हामी मुलुकको हित, समृद्धि, विकास र स्थायित्वको निम्ति हामी सरकारलाई साथ र सहयोग दिन्छौं ।’उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।