सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता
२०८२ भाद्र ०४ बुधवार
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफलमा बोल्दै उनले सौर्य एरलाइन्स दुर्घटना र यसको दिगो समाधानका बारेमा धेरैपटक छलफल भईसकेको र सबै पक्षलाई राखेर मन्त्रालयमा छलफल गरेर निष्कर्षमा पुगेर अगाडि बढ्ने बताए ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटना र त्यसले उजागर गरेका विषयवस्तुको दिगो समाधानको लागि अगाडि बढ्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफलमा बोल्दै उनले सौर्य एरलाइन्स दुर्घटना र यसको दिगो समाधानका बारेमा धेरैपटक छलफल भईसकेको र सबै पक्षलाई राखेर मन्त्रालयमा छलफल गरेर निष्कर्षमा पुगेर अगाडि बढ्ने बताए ।
साथै, उनले न्यायिक छानबिन समिति बनाउन मिल्ने हो कि होईन भन्ने विषयमा पनि निष्कर्षमा पुग्ने भन्दै बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा पनि गहन छलफल गर्ने बताए।
उनले भने, ‘सौर्य एयरलाइन्स दुर्घटना र त्यसले उजागर गरेका विषयवस्तु र यसको एउटा दिगो समाधानका बारेमा हामीले धेरैपटक छलफल गरिसकेका छौँ । मन्त्रालय र मन्त्रालयसँग जोडिएको क्यान जसले प्राविधिक कुराहरु बुझ्नु हुन्छ । त्यसपछि अर्को छानबिन समितिले पनि जुन काम गर्यो उहाँहरु पनि सबैलाई राखेर, महान्यायाधिवक्ताको कार्यालय, कानून मन्त्रालय, अर्थ मन्त्रालय सबैलाई राखेर न्यायिक छानबिन समिति बनाउन मिल्ने हो कि होईन भन्ने कुराको निष्कर्षमा पुग्ने, बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा मन्त्रालयमा छलफल गर्छौं र निष्कर्षमा पुगेर अगाडि बढ्छौँ ।’
यस बारेमा सुरक्षा र कानूनसँग सम्बन्धित केही छलफल पनि अगाडि बढि रहेको उनको भनाई छ ।
बैठकमा उनले हवाई नीतिको ड्रफ्ट अन्तिम चरणमा पुगेको, १५ सालको ऐनलाई नयाँ मस्यौदा गर्ने क्रममा रहेको र दुई वटा ऐन समिति समक्ष नै रहेको पनि जानकारी गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।