उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन् : कांग्रेस
२०८२ भाद्र ०३ मङ्गलवार
- मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभएको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता नभएको बताएका छन् ।
मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभएको बताए ।
उनले भने, ‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर नै कुनै विषय तय गरेका छैनौ । उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौ । कुनै छलफल पनि भएको छैन् । यो विषयमा जुन तरिकाले मिडियाहरुमा कुरा आएको छ त्यो सत्य होईन् । उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुदैँन् ।’
सोही क्रममा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ लाग्दैँन् थाहा नभएको भन्दै सबै जनासँग छलफल भईरहेको बताए ।
उनले भने, ‘महाअभियोग दर्ताको कुरामा एक चौथाईले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुई तिहाई चाहिन्छ । महाअभियोग लाग्छ लाग्दैन् थाहा छैन् त्यही पनि सबै जना सँग छलफल भयो भने सम्भावना नभएको होईन । छलफल पनि भईरहेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।