नाउपाको रेशम चौधरी समुहले रुपन्देही-३ मा स्वतन्त्र उम्मेदवारी दिने
२०८२ भाद्र ०३ मङ्गलवार
- श्रीमती रन्जिता श्रेष्ठसँग विवाद भएपछि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता समेत नभएको प्रसंगमा सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
काठमाडौँ: रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी रुपन्देही-३ को उपनिर्वाचनको दल दर्ता नभएपछि स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् ।
श्रीमती रन्जिता श्रेष्ठसँग विवाद भएपछि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता समेत नभएको प्रसंगमा सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
उनले भनेका छन्- निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रिय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त । न केन्द्रिय समितिको बैठक बसाउने,न लेखापरीक्षण गराउने,न पार्टीलाई चलाएमान बनाउने ? अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ? अहिलेपनि तुरुन्त केन्द्रिय समितिको बैठक बोलाए भैहाल्यो नि । बाँकि मनोनीत साथीहरूलाई अध्यावधिक गराइदिनु,टण्टै साफ । दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न । हामी सहयोगी मात्रै होइन,सहयोद्धा पनि हौं । रह्योकुरा रुपन्देहीको । हाम्रो उम्मेदवार उठ्छ । म राजनैतिक ब्यक्ति हो । यहि सातादेखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु । समस्या चर्काउन तिर होइन,समाधान तिर लागौं । पार्टी बिभाजनका सहयोगीलाई दलबाट मात्रै होइन,समुहबाटै बहिष्कार गरौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।