उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन् :सांसद भट्टराई
२०८२ भाद्र ०३ मङ्गलवार
- मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको समेत जानकारी दिए ।
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन् ।
मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको समेत जानकारी दिए ।
उनले भने, ‘कांग्रेस र हाम्रो सल्लाह भएर यो एकैदिन हस्ताक्षर भएको होईन् । संयोगले एकैदिन परेको मात्रै होला । हस्ताक्षर विभिन्न काममा प्रयोग हुन्छन् । कुनै काम विशेषलाई भनेर हस्ताक्षर लिइएको होईन् । यो कामको लागि भनेर किटानी गरेर हस्ताक्षर गरेको छैन् ।’
त्यस्तै उनले नेपालमा मात्रै होइन, संसदीय अभ्यास भएका देशहरूमा जहाँ पनि सांसदहरुको हस्ताक्षर लिने प्रचलन रहेको बताउँदै सांसदहरूको हस्ताक्षर लिनुलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे ।
उनले भने, ‘यो अहिले मात्रै होइन २०४८ सालदेखि चलिआएको चलन हो । यो नेपालमा मात्रै होइन हाम्रो जस्तो संसदीय अभ्यास भएका देशहरूमा जहाँ पनि चल्छ । दलले पार्टीका सांसदहरूको हस्ताक्षर लिइराखेको हुन्छ । कुनै बेला अपर्झट प्रस्तावहरू दर्ता गर्नुपर्ने हुनसक्छ । त्यो बेला कोही विदेश या काठमाडौं बाहिर हुन्छन् । त्यसैले पूर्वतयारिका लागि हस्ताक्षर लिन्छौँ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’