रवि लामिछानेको स्वास्थ्यमा समस्या, ट्रमाका डाक्टर यादवको टिमले जाँच गर्दै
२०८२ भाद्र ०२ सोमवार
- नख्खु कारागारमा स्थान्तरण गरेपश्चात नियमित स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको भेटिएको थियो ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई भैरहवा कारागारबाट नख्खु कारागारमा स्थान्तरण गरेपश्चात नियमित स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको भेटिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि आवश्यक जाँचका लागि ट्रमा सेन्टरका डाक्टर जितेन्द्रप्रसाद यादवको नेतृत्वमा रहेको चिकित्सक टोलीले जाँचको लागि प्रक्रिया थालेको झाले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’