भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली
२०८२ श्रावण ३० शुक्रवार
- शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानिसको चरित्र, आचरण र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानिसको चरित्र, आचरण र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
ओलीले भने, ‘भ्रष्टाचारलाई हामी शून्यमा पु¥याउन सक्छौं, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन । मानिसले आफूभित्रैबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यो समस्याको समाधान सम्भव छ ।’
उनले कानुनको भूमिका अस्वीकार नगरे पनि केवल कानुनी कारबाहीका भरमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने तर्क गरे । ‘कानुनले पत्ता लगाएर कारबाही गर्छ भने पनि पत्ता लगाउन गाह्रो हुन्छ । भ्रष्टाचारको अन्त्य कानुनले मात्र होइन, समाजमा नैतिक शिक्षा र मूल्यका आधारमा सम्भव हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले मोडल एजुकेशन (आदर्श शिक्षा) लाई भ्रष्टाचार नियन्त्रणको मुख्य माध्यमको रूपमा प्रस्तुत गर्दै शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा उनले डिजिटल नेपाल अभियानको प्रभावकारी कार्यान्वयनका लागि पारदर्शिता, उत्तरदायित्व र नागरिक सचेतनालाई पनि महत्वपूर्ण तत्वका रूपमा उल्लेख गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।