एकीकृत समाजवादीमा वामदेवलाई वरिष्ठ नेताको जिम्मेवारीसहित तेस्रो वरियता

२०८२ श्रावण ३० शुक्रवार
सारांश
  • शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गौतमलाई स्वागत गर्दै एकता अभियानबाट आएका नेताहरुको जिम्मेवारी तोकिएको हो ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई वरिष्ठ नेता बनाउदै तेस्रो वरियतामा राखेको छ ।

 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गौतमलाई स्वागत गर्दै एकता अभियानबाट आएका नेताहरुको जिम्मेवारी तोकिएको हो ।

 

एकीकृत समाजवादीका एक नेताका अनुसार गौतमलाई वरिष्ठ नेताको पद दिइएको छ भने उनलाई अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरियता दिइएको छ ।

 

त्यस्तै, एकता अभियानबाट आएका नेताहरु डिबी कार्की, लुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको भने भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवानलाई केन्द्रीय सदस्य बनाइएको छ ।

 

वामदेव गौतम यहि साउन २ गते एकीकृत समाजवादीमा समाहित भएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार