आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ

२०८२ श्रावण २९ बिहिवार

काठमाडौं: संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ । 
बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । 


आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । 


बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ५३औं बैठकमा सौर्य एयरलाइन्स एन–एएमई, सीआरजे २०० वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल गरिने भएको छ । 


यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ भने बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।  


संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुने कार्यसूची रहेको छ । बैठक भने बिहान ११ बजे बस्दै छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार