प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो
२०८२ श्रावण २९ बिहिवार
- बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत दुबै पार्टीले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा गरिएको छ ।
बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत दुबै पार्टीले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान शासन प्रणाली र प्रमुख राजनीतिक दलहरूप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘देश बन्छ कसरी? दुनियाँको कंगाल राष्ट्र बनिसक्यो नेपाल । प्रकृतिको सबै सम्भावना हुँदाहुँदै पनि हामीले देश डुबायौं ।’
महतोले नेपालको प्राकृतिक स्रोतसाधनको उचित उपयोग भएको भए आज नेपाल विश्वकै धनी राष्ट्र बन्न सक्ने दाबी गरे । ‘प्रकृतिले दिएको हरेक कुराको सही प्रयोग भएको भए, दुनियाँको सबैभन्दा सम्पन्न राष्ट्र नेपाल हुन्थ्यो,’ उनले भने ।
उनले वर्तमान नेतृत्वलाई देशको पछिल्लो दुर्दशाका लागि जिम्मेवार ठहर गर्दै प्रमुख तीन दल—कांग्रेस, एमाले र माओवादी—प्रति आक्रोश पोखे । ‘राजापछि यिनै पार्टीहरूले देश चलाए । देश बनेन् भने यसको जिम्मा कसले लिन्छ ?’ भन्दै उनले प्रश्न गरे ।
महतोले लोकतन्त्रको नाममा लुटतन्त्र मौलाएको आरोप पनि लगाए । उनले देशको लाखौं युवा रोजगारीको खोजीमा विदेशिनु परेकोप्रति चिन्ता व्यक्त गर्दै ५० लाखभन्दा बढी युवाहरू देश छाडेर भागिरहेको बताए ।
उनले भने, ‘आज के भएको छ ? जन्मिँदैखेरि लाखौं रुपैयाँ ऋण हाम्रो टाउकोमा लिएर जन्मिनुपर्ने कस्तो देश बनायौं हामीले । यो देशमा हाम्रो सन्तानले बस्न चाहेको छैन । ५० औं लाख जवान युवाहरु देश छोडेर भागिरहेका छन् ।’
संघीयता, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भयो : अशोक राई
यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरु कायम नै रहेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्था रहेको भन्दै खतराबाट मुक्त भइनसकेको बताए ।
उनले भने, ‘अहिलेको अधिकार प्राप्तीका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, प्राप्त उपलब्धिलाई सुरक्षा गर्ने, थप उपलब्धिलाई प्राप्त गर्नको निम्ति संघर्ष गर्ने बाटो नै सही हो । अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरु कायम नै छन् । यो खतराबाट मुक्त भएका छैनौं । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्थाहरु छँदैछन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।