तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प छ, चाँडै सुचारु होस् : माधव सापकोटा
२०८२ श्रावण २९ बिहिवार
- बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए । उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु गराउनेतर्फ जानुपर्नेमा जोड दिए ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले चीनसँग जोडिएका दुई प्रमुख नाका तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प भएको भन्दै चाडपर्वको मुखमा बजारमा महँगी बढ्ने खतरा औंल्याएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए । उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु गराउनेतर्फ जानुपर्नेमा जोड दिए ।
‘तातोपानी र केरुङ दुईवटा नाकाहरू उत्तरसँग जोडिएका छन् । यो नाकाहरुबाट हामी फलफूल, लत्ताकपडा लगायतका धेरै सामग्री आयात गर्छौं । तर अहिले यी दुवै नाका बाटोका कारण पूर्ण रूपमा बन्द छन्,’सापकोटाले भने, ‘यदि यसलाई तत्काल सुचारु गर्न सकिएन भने चाडपर्वको बेला बजारमा अत्यधिक महँगी हुनेछ र यसको सिधा असर नागरिकमा पर्नेछ ।’
सांसद सापकोटाले सरकारले संसदले दिएका निर्देशनहरू पालना गर्नेतर्फ भन्दा पनि मिडिया र सामाजिक सञ्जालका लागि ‘कन्टेन्ट उत्पादन’ मा केन्द्रित भएको आरोप समेत लगाए ।
‘सरकार संसदको निर्देशन पालना गर्नेतर्फ भन्दा पनि मिथ्या कथाहरू सिर्जना गरेर मिडिया र सोसल मिडियाका लागि कन्टेन्ट बनाउनेतर्फ ध्यान दिइरहेको छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।