- भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीनपीङ र भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली भदौ १५ र १६ गते सांघाई सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ । यस सांघाई सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम रहेको छ । यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीनपीङ र भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओली चीनबाट फर्किएपछि भारत भ्रमणमा जाने कार्यक्रम यस अघि नै तय भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’