विकासका लागि राजनीतिक स्थीरता जरुरी छ : मन्त्री गुरुङ

२०८२ श्रावण २८ बुधवार
सारांश
  • काठमाडौंमा आज स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनु परेको बताएका हुन् ।

काठमाडौं : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताएका छन् ।

 

काठमाडौंमा आज स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनु परेको बताएका हुन् ।

 

अहिले सरकार स्थीर छ, त्यसैले स–साना नीजि क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनले राखे ।

 

 कार्यक्रममा स्वाबलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेको छ ।

 

सञ्चार मन्त्री गुरुङले २ लाख रुपैयाँको उक्त पुरस्कार संस्थालाई प्रदान गरे । त्यस्तै, २ लाख रुपैयाँ राशीको शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार