गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ : मुख्यमन्त्री

२०८२ श्रावण २७ मङ्गलवार
सारांश
  • मंगलबार निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै उनले आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्नसमेत पहल भइरहेको बताए ।

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् ।


मंगलबार निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै उनले आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्नसमेत पहल भइरहेको बताए ।


मुख्यमन्त्री सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको प्रचुर सम्भावना रहेको बताए । ‘ठूला उद्योग स्थापना भए रोजगारीका अवसर सिर्जना हुनुका साथै राजस्व संकलनमा वृद्धि भई स्थानीय, प्रदेश तथा राष्ट्रिय आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ,’ उनले भने ।


मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।


वि.सं. २०४४ सालमा स्थापना भएको यो औद्योगिक क्षेत्रमा विभिन्न समस्याहरूका बाबजुद हाल १२ वटा उद्योग सञ्चालनमा रहेको छ भने थप १० वटा प्लट नयाँ उद्योग स्थापनाको प्रतिक्षामा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार