नारायणकाजी र उपेन्द्र यादवबीच भेटवार्ता

२०८२ श्रावण २६ सोमवार
सारांश
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

काठमाडौँ, २६ श्रावण । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

 

श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय श्रेष्ठले अन्य दलका नेताहरुसँग भेटवार्ता तिब्र बनाएका छन् ।

 

यस अघि श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग डल्लु निवास पुगेर भेट गरेका थिए । 

 

त्यसअघि श्रेष्ठले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग आफ्नै निवासमा भेट गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार