नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ : मन्त्री पन्त
२०८२ श्रावण २२ बिहिवार
- बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका हुन् ।
काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तले नेपाल सरकारको नियमावली अनुसार नै शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका छन् ।
बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘अभिभावक संघका सम्बन्धमा नियमावलीमा एउटा बन्दोबस्त छ । शिक्षक अभिभावक संघ भन्ने छ । त्यो नेपाल सरकारको नियमावलीमा रहेछ । त्यसैले यो अभिभावक संघलाई त्यही शिक्षक अभिभावक नियमावलीले चिन्ने भएकाले सोही अनुसार संघ बनाइदिंदा राम्रो हुन्छ ।’
उनले उपसमितिको प्रतिवेदनलाई सरकारले सकारात्मकरुपमा लिएको भन्दै केही विषयमा संशोधन गर्न आवश्यक रहेको बताए ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले उपसमितिको प्रतिवेदन पढेर सुनाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।