कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने कानुन बनाउनु गलत : कमल थापा

२०८२ श्रावण २२ बिहिवार
सारांश
  • सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको उल्लेख गर्दै यसलाई तत्काल रोकिनुपर्ने बताएका हुन् ।

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत भएको बताएका छन् । 

 

सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको उल्लेख गर्दै यसलाई तत्काल रोकिनुपर्ने बताएका हुन् । 

 

उनले भनेका छन्- 

 

कुनै पनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो। सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको छ। यो कार्य तत्काल रोकिनुपर्दछ। 

 

सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था हो। यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरु रचिएका छन् ।बाह्य शक्तिहरूको उक्साहटमा सनातन धर्म संस्कृति र परम्परालाई कमजोर बनाउने षड्यन्त्र अनुरुप विवाहको पवित्र स्वरूपलाई समेत विकृत तुल्याउने कार्यहरू हुनु दुर्भाग्यपूर्ण छ। यसतर्फ समयमै सचेत रहन सबैमा आग्रह गर्दछु।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार