रास्वपासँग आफैले उठाएका विषयको तथ्य छैन: गोकुल बास्कोटा
२०८२ श्रावण २१ बुधवार
- प्रतिनिधीसभाको बैठकमा विशेष समयमा बोल्दै बास्कोटाले रास्वपा र राप्रपासँग जवाफ नभएका कारण संसदमा फेस गर्न नसकेर संसद बहिष्कार गरेको आरोप लगाए ।
काठमाडौँ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले रास्वपा र राप्रपासँग आफुहरुले उठाएका प्रश्नको तथ्य नभएको जिकिर गरेका छन् ।
प्रतिनिधीसभाको बैठकमा विशेष समयमा बोल्दै बास्कोटाले रास्वपा र राप्रपासँग जवाफ नभएका कारण संसदमा फेस गर्न नसकेर संसद बहिष्कार गरेको आरोप लगाए ।
उनले भने- 'साथीहरु आउनुहुन्छ, कहिले नाराबाजी गर्नुहुन्छ, कहिले पलेटी मार्नुहुन्छ, कहिले कक्षा कोठा जस्तो होमवर्क गर्नुहुन्छ, कहिले निलो स्कार्प प्रदर्शन गर्नुहुन्छ । अब हुदा हुदा दुई मिनेट उभिनुहुन्छ, एकोहोरो शंख फुक्नुहुन्छ, अनि लुरुलुरु मौन यात्राका मलामी जस्तो बनेर बाहिर निस्किनुहुन्छ, न कसैको कुरा सुन्नुहुन्छ न आफ्नो भन्नु हुन्छ । यो किन ? यस्तो अवस्था किन बन्यो भने उहाँहरुसँग जवाफ छैन । जे प्रश्न उठाउनु भएको छ, त्यसको तथ्य छैन । उहाँहरुसँग नैतिकताको मुल्यको कसीमा जाँचिन क्षमता छैन आँट छैन हिम्मत छैन ।'
सांसद बास्कोटाले रास्वपाले लोकप्रियतावादको साहारा लिएको आरोप लगाउदै आफ्नोविरुद्ध प्रश्न उठाउन नपाउने व्यबहार गरेको बताए । उनले भने- 'उहाँहरु चार वटा औला अरुतिर देखाउनु भएको छ र आफूतिर एउटा औला फर्केको छ भने पनि त्यसको जवाफ दिन तयार हुनुहुन्न । यहि हो लोकप्रियतावाद भनेको हो । मेरा बारेमा प्रश्न उठ्नु हुदैन । म प्रश्नभन्दा माथि छु । म विशेष ज्ञान युक्त छु । यो खालको कुरा आजको समाजमा नगरौं ।'
बास्कोटाले सहकारी प्रकरण, भिजिट भिसा, कुलिङ पिरियड लगायतका विषयमा गल्ति भएको भन्दै समाजलाई राजनीतिक नेतृत्वले दिशा निर्देश गर्ने र कमचारीतन्त्र सहायक भएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’