बहुविवाह सम्बन्धीको कानुन बारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छः हितराज पाण्डे
२०८२ श्रावण २१ बुधवार
- बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएतापनि आज सम्म कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न समेत माग गरे ।
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बहुविवाह सम्बन्धी कानुन ल्याउनेबारे सरकारको धारणा संसदमा जानकारी गराउन माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएतापनि आज सम्म कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न समेत माग गरे ।
उनले भने,‘हाम्रो प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ मा महिला समन्वय समितिको व्यवस्था छ । हाम्रो यो सभाको कार्यकाल आधा भैसक्दा पनि सदनमा तथा कार्यव्यवस्था परमर्श समितिमा बार –बार समिति बनाउन माग गर्दा पनि अझै यो नियमावली कार्यान्वयन भएको छैन् । महिलालाई प्रत्येक्ष असर गर्ने बहुविवाह ,डिम्ब संकलन जस्ता सामाजिक सञ्जालका खबरले समाजमा तरंग सृजना गरिरहेको अवस्थामा महिला समन्वय समितिको गठनको नियमावली व्यवस्थाको कार्यान्वयनको लागि माग गर्दछु । बहुविवाह सम्बन्धि कानुन ल्याउनेबारे सरकारको धारणा के हो त्यो पनि संसदमा जानकारी गराउनुपर्यो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।