भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने, रास्वापाद्धारा संसदमा ध्यानाकर्षण
२०८२ श्रावण २१ बुधवार
- बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद मनिष झाले उक्त विषय खतरा तरिकाले देश चलाएको छौं भनेर उफ्रिने केही अग्रज नेताहरुको लागि एउटा तमासा भएको बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाषा आयोगमा तीन वर्षदेखि एउटै नाम भएको तर अर्का व्यक्ति कृष्णप्रसाद न्यौपानेले सुविधा खाएर बसेको विषयमा संसदमा ध्यानाकर्षण गराएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद मनिष झाले उक्त विषय खतरा तरिकाले देश चलाएको छौं भनेर उफ्रिने केही अग्रज नेताहरुको लागि एउटा तमासा भएको बताए ।
उनले भने, ‘भाषा आयोगमा तीन वर्षदेखि अर्को कृष्णप्रसाद न्यौपाने संवैधानिक नियुक्तिमा तीन वर्षसम्म अर्को व्यक्तिले नाम मिल्यो भन्दैमा सुविधा खाएर बसेको रहेछ । देश कसरी चलेको रहेछ भन्ने कुरामा उदाहरण हो यो । खतरा तरिकाले देश चलाएको छौं भनेर यहाँ उफ्रिने केही अग्रजहरुलाई यो एउटा तमासा हो । संवैधानिक नियुक्तिमा समेत यत्ति हेलच्याक्राईँ ?’
अहिले भाषा आयोग कार्यालयमा रहेका सदस्य कृष्णप्रसाद न्यौपाने मन्त्रिपरिषद्ले नियुक्त गरेका प्रा.डा. न्यौपाने नभएको उनको भनाई छ ।
दुवैको नाम, जिल्ला, पालिका र वडासम्म मिल्छ तर व्यक्तिको अनुहार र योग्यता भने फरक छ । साथै उनले कुलिङ पिरियडमा रामहरि खतिवडाले राजीनामा समेत दिनुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।