भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन भन्दै सांसद कार्कीको प्रश्न

२०८२ श्रावण २१ बुधवार
सारांश
  • बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा पूर्णरूपमा रोक्न नभई यसको नाममा भइरहेको अपराधको विरोधमा आफूहरू सडकदेखि संसदसम्म आन्दोलित रहेको स्पष्ट पारिन् ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन् ।

 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा पूर्णरूपमा रोक्न नभई यसको नाममा भइरहेको अपराधको विरोधमा आफूहरू सडकदेखि संसदसम्म आन्दोलित रहेको स्पष्ट पारिन् ।

 

‘भिजिट भिसाको विरोधी हामी होइनौं,’ उनले भनिन्, ‘तर यसको आडमा नेपाली नागरिकहरूलाई मार्ने, बलात्कार गर्ने, शोषण गर्ने र बाकसमा फर्काउने काम भइरहेको छ, त्यसको विरोधी हौं ।’

 

कार्कीले भिजिट भिसाको आडमा नेपाली महिला तथा युवतीहरू वैदेशिक घरेलु श्रममा जबर्जस्ती पठाइएकाले उनीहरू यौनजन्य शोषण र हिंसाको सिकार भइरहेकाले गम्भीर चिन्ता व्यक्त गरिन् । साथै उनले के सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति? के हो यो? भन्दै सरकारलाई प्रश्न गरिन् ।

 

उनले गृहमन्त्रीप्रति संकेत गर्दै भिजिट भिसा प्रकरणमा दिनमा ५० हजारदेखि दिनमा १ लाख बुझ्नेहरुको मुटु काप्दैन भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा दिनमा ५० हजारदेखि दिनमा १ लाख बुझ्ने सरकारका गृहमन्त्रीको मुटु काँप्दैन ? आफ्ना देशवासीहरुको लास देखेर मुटु काँप्दैन?’

 

सांसद कार्कीले सरकारले यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने र भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, शोषण र हत्या तत्काल रोक्न कडा कदम चाल्नुपर्ने माग राखिन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार