कुलिङ पिरियडमा हेरफेर प्रकरणको छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन
२०८२ श्रावण २० मङ्गलवार
- समितिले मंगलबार संसद भवन नयाँ बानेश्वरमा सभामुख घिमिरेलाई छानबिन प्रतिवेदन बुझाएको हो ।
काठमाडौँ : कुलिङ पिरियड प्रकरण बारे संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले सभामुख देवराज घिमिरेलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
समितिले मंगलबार संसद भवन नयाँ बानेश्वरमा सभामुख घिमिरेलाई छानबिन प्रतिवेदन बुझाएको हो ।
समितिले सर्वसम्मत प्रतिवेदन तयार गरेको थियो । समितिले विधेयकमा हस्ताक्षर गर्ने राज्यव्यवस्थ समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरा यस प्रकरणमा नैतिक रुपमा जिम्मेवार रहेको निष्कर्ष निकालेको समितिका सदस्यहरुले जानकारी दिएका छन् । साथै यस प्रकरणमा मुख्यसचिवदेखि संघीय मामिला मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका कानुन सचिवहरूले कुलिङ पिरियडको व्यवस्था हटाउन सार्वजनिक रुपमा दबाब दिएको, समितिले बोलाउँदा बयानका लागि नआएको घटना क्रम देखिएकाले उनीहरुको समेत कानुन निर्माणमा प्रभावित पर्ने भूमिका देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिनिधिसभाले समिति असार २३ मा गठन गरेको यो समितिको संयोजक कांग्रेस सांसद जीवन परियार रहेका छन् भने सदस्यमा काँग्रेसबाट सुशिला थिङ, एमालेाबाट नारायण आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’