समाजमा भएका विकृति, विसङ्गती र छाडापनहरु त्याग्न आवश्यक छ: अध्यक्ष नेपाल

१९ श्रावण, २०८२, सोमवार
सारांश
  • सोमबार काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उतीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताए ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन् । 


सोमबार काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उतीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताए । 


उनले भने,‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं । सुन्दर देश बनाउन चाहन्छौं । मानिसको जीवन सुखी बनाउन चाहन्छौं । त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन् । छाडापनहरु छन् । त्यसलाई त्याग्नुपर्छ ।’


त्यस्तै अध्यक्ष नेपालले जीवन नै संघर्ष भएको भन्दै त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्न नहुने धारणा राखे । चुनौतीहरूको सामना गर्न सक्ने मानिसले नै जीवनमा सफलता हासिल गर्न सक्ने बताउँदै उनले स्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प गर्नुपर्ने बताए । 


उनले भने, ‘जीवन संघर्ष हो । त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्नुहुँदैन् । समस्याहरु आउँछन् ,चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन् । विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन् । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ । जसमा आत्माविश्वास छैन् । गरिछाड्छु भन्ने संकल्प छैन् । यो धर्तीमा त्यसले केही गरिखाँदैन् । गरिखाने मानिसमा आत्माविश्वास हुनुपर्छ । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ र जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प हुनुपर्छ । संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन् । सगरमाथाको चुचुरो चडिछाड्छु भन्ने संकल्प भयो भने असम्भव केही छैन् ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार