बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ: सुनिता बराल

१९ श्रावण, २०८२, सोमवार
सारांश
  • बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ: सुनिता बराल

काठमाडौं : नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् । 


बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ: सुनिता बराल 


उनले भनिन्,‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर प्रवाह भएको छ । जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ । म यस विषयमा कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । बहुविवाह नेपाली समाजमा सामाजिक मान्यता अनुरुप हेर्ने हो भने असामाजिक विषय हो भने कानुनी विषयमा हेर्ने हो भने गैर कानुनी विषय हो । यस्तो संवेदनशिल विषयमा कानुन संशोधन र निर्माण हुँदा र कानुन निर्माणको प्रकृयामा अगाडि बढ्दा संवेदनशिल हुन र सामाजिक रुपमा उठेका विषय के हो मन्त्रीज्यूलाई सदनमा जवाफ दिन आग्रह गर्छु ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार