राष्ट्रपतिद्वारा वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन
१९ श्रावण, २०८२, सोमवार
- सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरेका हुन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् ।
सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरेका हुन् ।
राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरेका थिए ।
सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरब, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक, त्रिशुलचोकलगायतका स्थानको अवलोकन गरेका थिए ।
सो क्रममा प्रतिनिधिसभा सद्स्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वर्जाचार्य काठमाडौं महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।