वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल
२०८२ साउन १८ गते आइतवार
- आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य र दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे ।
काठमाडौं :भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बढ्दो सवारी साधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण वायु प्रदूषण बढेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य र दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे ।
उनले भने,‘सन् २०१२ मा बनेको र सन् २०१७ मा अध्यावधि गरेको पछिल्लो मास्टर प्लान यता यातायातको अवस्था निकै विग्रिएको छ । बढ्दो सवारी साधन र अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाई र वायू प्रदूषण बढेको छ । यस कारणले दैनिक यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ । यो ढिलो नै भइसकेको छ । तर हामीले काम गर्नुछ । अहिलेपनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै विग्रने छ । जसले उपत्यका बस्न योग्य र दिगोपनलाई खतरामा पार्नेछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।