- शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ ।
काठमाडौँं : संघीय सरकारसमक्ष सातबुँदे माग राखेर काठमाडौंको माइतीघर मन्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन् ।
शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ ।
वन तथा वातावरण मन्त्रालय र शहरी विकास मन्त्रालयका उच्च स्तरका कर्मचारीहरुले भट्टराईले उठाएका मुद्दाहरुका बारे छलफल गरेर सम्झौताको खाका तयार गरेपनि त्यसले अन्तिम रुप पाउन नसकेको भट्टराई निकट एक सहयोगीले जानकारी दिए । संभवत शनिबार अपरान्ह वा आइतबारसम्ममा दुवै पक्षबीच सहमति हुने र अनसन तोड्ने तयारी गरिएको छ ।
नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवद्र्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रणलगायतका सातबुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा साउन ११ गतेबाट सत्याग्रह सुरु गरेका थिए ।
साउन १४ गते देखि बसेको आमरण अनशनमा शनिबार बिहान माइतीघर मण्डलामा वन तथा वातावरण मन्त्री शाहीले भेट वार्ता गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।