नेपालको अभिव्यक्तिले दुख लाग्यो, पार्टी छोडेर जान्न: झलनाथ खनाल
२०८२ श्रावण १७ शनिवार
- शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी छोड्ने भन्ने कुरा कल्पना पनि नगर्ने भन्दै अध्यक्ष माधवकुमार नेपालले दिएका अभिव्यक्तिले आफुलाई दुख लागेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले भन्दैमा पार्टी छोडेर नजाने बताएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी छोड्ने भन्ने कुरा कल्पना पनि नगर्ने भन्दै अध्यक्ष माधवकुमार नेपालले दिएका अभिव्यक्तिले आफुलाई दुख लागेको प्रतिक्रिया दिएका छन् ।
उनले भने- '३२ सालदेखि संगै आएको नेताले, कम्युनिष्ट पार्टीका नियमहरु राम्रोसंग बुझेको होला भन्ने लागेको थियो । माधव कुमार नेपालका मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने सोचेकै थिइन् । उहाँले आदेश दिने वित्तिकै कसैले छोड्छ । मैले उहाँ भव्य नेता हो भन्ने लागेको थियो तर यति तल्लो स्तरको चिन्तन छ भन्ने लागेको थिएन । यो पेटी बुर्जुवा चिन्तन हो । मैले बोलेका कुराले लेखेका कुराले समस्या भएको छ भने पार्टी त छ त, बैठक बोलाएर छलफल गर्न सकिन्छ । यहाँसम्म आउदा नेपाल धेरै परिपक्क हुनु भएको होला भन्ने लागेको थियो तर सन्तुष्ट हुन सकिएन ।'
खनालले आफ्नो नेपालसँग एमसीसी, जबज र वैज्ञानिक समाजवाद, पार्टी सरकारमा जाने विषय, चुनावमा गठबन्धन गर्ने भन्ने विषयमा असहमति रहेको बताए ।
उनले पार्टीले एमालेसँग विद्रोह गर्दाको औचित्य पुष्टि गर्न नसकेको दोहोराउदै पार्टीको नाम समाजवादी भएपनि समाजवादी कार्यक्रम दिन नसकेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।