जुनसुकै बेला जे पनि हुनसक्छ भन्ने मानसिकताका साथ काम गर्नुपर्छ: गृहमन्त्री

२०८२ श्रावण १६ शुक्रवार
सारांश
  • सूचना आदानप्रदानको प्रणाली प्रभावकारी नभएकै कारण बाढी आएपछि मात्र थाहा हुने स्थिति छ ।’

काठमाडौं: गृहमन्त्री रमेश लेखकले नेपाल अत्यन्तै जोखिमपूर्ण भूगोलमा अवस्थित रहेको भन्दै जुनसुकै बेला जे पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तयारी गर्नुपर्ने बताएका छन् ।


शुक्रबार काठमाडौंमा आयोजित ‘विपद् संवाद कार्यक्रम’मा बोल्दै गृहमन्त्री लेखकले नेपालमा भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, हिमपात र लुजस्ता प्राकृतिक प्रकोपहरू बारम्बार दोहोरिने उल्लेख गरेका हुन् ।


उनले भने, ‘हामी जोखिमयुक्त भूगोलमा छौं । जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकता राखेर काम ग¥यौं भने ठिक ठाउँमा पुग्न सक्छौं ।’


गृहमन्त्रीले जलवायु परिवर्तनका असरले पनि मुलुक थप जोखिममा परेको बताए । उनले भने, ‘अब त देशभित्र भारी वर्षा नपरे पनि बाहिरी देशमा हिमताल फुट्यो भने पनि हामीकहाँ बाढी आउन थालिसक्यो । सूचना आदानप्रदानको प्रणाली प्रभावकारी नभएकै कारण बाढी आएपछि मात्र थाहा हुने स्थिति छ ।’


उनले हालैको उदाहरण दिँदै भने, ‘एउटै समय मधेसमा पानीको हाहाकार छ भने, उता रसुवामा बाढी आएको छ। यस्ता विपद् सामना गर्न पूर्वतयारी, सूचनाको तिब्रता र समन्वय अत्यावश्यक भइसकेको छ ।’


कार्यक्रममा उपस्थित विज्ञ र सरोकारवालाहरूले विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग, शीघ्र सूचना प्रणालीको विकास र स्थानीय तहको भूमिकालाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार