नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ : मन्त्री साह
२०८२ श्रावण १५ बिहिवार
- बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले सिड रिपोर्टमा के पठाउँदै छ ?’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपालको संविधान र सरकारी प्रयासले महिला–पुरुषबीच समानता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका हुन् ।
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् ।
बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले सिड रिपोर्टमा के पठाउँदै छ ?’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपालको संविधान र सरकारी प्रयासले महिला–पुरुषबीच समानता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका हुन् ।
मन्त्री साहले भने, ‘हाम्रो देशले राम्रो प्रगति गरेको छ । हाम्रो संविधानले महिला र पुरुषलाई कसरी समानताको अधिकार दिन्छ, कसरी समान अवसर प्रदान गर्छ भन्ने सवालमा काम गरेकै छ ।’
उनले मन्त्रालयले दुईवटा समितिहरू गठन गरेको जानकारी दिँदै सिडको सेन्ट्रल कमिटीमा २३ सदस्य रहेको र तीमध्ये एकजना नेपाली प्रतिनिधि रहेकोमा गौरव व्यक्त गरे । मन्त्री साहले मधेस प्रदेशमा महिलाको हकमा ५० प्रतिशत आरक्षण लोकसेवा आयोगमार्फत लागू गराएको दाबी पनि गरे ।
‘हाम्रो मन्त्रालयले दुईवटा कमिटी बनाएको छ । जसमा सिड्को सेन्ट्रोल कमिटी छ, त्यसमा २३ जना सदस्य हुनुहुन्छ । त्यसमा पनि नेपालले गौरव गर्नुपर्ने स्थान ओगेटेको छ । जसमा एकजना नेपालको पनि सदस्य हुनुहुन्छ । महिलाको सम्बन्धमा धेरै काम गरेको छु र गर्दै आएको छु । सातवटै प्रदेशमध्ये मधेश प्रदेशमा मंैले ५० प्रतिशत आरक्षण गराएको छु, जुन ऐतिहासिक कदम हो,’ उनले भने ।
कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले कानुन निर्माण भएपनि कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताए ।
उनले भने, ‘महिलाहरुलाई सशक्तिकरण कसरी गर्ने भन्ने सवालमा अझै धेरै काम गर्न बाँकी छ । समाजमा व्याप्त छाउपडी प्रथा लगायतका विकृतिहरु हटाउन प्रभावकारी नीति र क्रियाशील कार्य आवश्यक छ ।’
कार्यक्रममा सहभागी सांसदहरूले पनि महिला अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न सिड रिपोर्टमार्फत अन्तर्राष्ट्रिय समुदायसामु नेपालको प्रतिबद्धता मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’