जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त्री पाण्डे
२०८२ श्रावण १५ बिहिवार
- बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घट्ना जाँच सम्बन्धी ऐनकोपनि ड्राफ्ट तयार हुँदै गरेको जानकारी दिए ।
काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घट्ना जाँच सम्बन्धी ऐनकोपनि ड्राफ्ट तयार हुँदै गरेको जानकारी दिए ।
मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाका लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको पनि जानकारी दिए ।
उनले भने,‘जहाज दुर्घटनाका सन्दर्भमा स्थायी खालको दुर्घट्नासँग सम्बन्धी एउटा निकाय चाहिने रहेछ । एउटाले आयो अध्ययन गरी छानवीन गरेर प्रतिवेदन दियो । अर्को दुर्घट्नाको बेला यो सबै सम्झना पनि रहँदैन् । त्यसैले एउटा दुर्घट्ना जाँच सम्बन्धी ऐनपनि ड्राफ्ट हुँदै छ । स्थायी निकाय बनाउँछौं, त्यसैले काम गर्छ । नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाको लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको छ ।’
त्यस्तै मन्त्री पाण्डेले देवघाट, कालिगण्डकीको सभ्यता र इतिहास जोगाउनको लागि चाँडै नेतृत्व चैन गर्ने पनि बताए ।
उनले भने,‘देवघाटमा नेतृत्व चैन दुई दिनभित्र नै हुन्छ । नियुक्तिको प्रकृया केही ढिलो भएको थियो । त्यो चाँडै टुङ्ग्याउँछौं । त्यसपछि देवघाट, कालिगण्डकीको सभ्यताको परिचय र इतिहास जोगाउने काम हुन्छ ।’
उनले गौरवका आयोजनाका केही कामहरु अदालत र अख्तियारका कारणले रोकिएको बताउँदै देशको विकासको गतिलाई रोकेर नभई अगाडि बढाउँदै समन्वयत्मक ढंगले काम गर्नु अहिलेको आवश्यकता रहेको धारणा राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।