छुवाछुतको भावना राख्ने मानिस अझै हाम्रो समाजमा छन् : मन्त्री पन्त
२०८२ श्रावण १४ बुधवार
- छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समाज रूपान्तरणको सन्दर्भमा कानुन निर्माणको आवश्यकता बारे धारणा राखेका छन् । उनले समाजमा अझै पनि छुवाछुतजस्ता प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसका विरुद्ध कानुनी उपाय आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं :प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको छ ।
छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समाज रूपान्तरणको सन्दर्भमा कानुन निर्माणको आवश्यकता बारे धारणा राखेका छन् । उनले समाजमा अझै पनि छुवाछुतजस्ता प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसका विरुद्ध कानुनी उपाय आवश्यक रहेको बताएका हुन् ।
‘हामी सबै समाज परिवर्तन गर्न लागेका मान्छेहरू यहाँ छौं,’ मन्त्री पन्तले भने, ‘तर हाम्रो समाजको वास्तविकता के हो भने अझै पनि छुवाछुतको भावना राख्ने मानिस छन् । जसको मनमा त्यो भावना छ, सबैलाई दण्डित गर्न सकिन्न, तर गल्ती गरे दण्डित गर्नुपर्छ ।’
उनले अपराध वर्गीकरणको महत्त्वसमेत औंल्याए । अपराधका प्रकृति फरक हुने भएकाले कानुन निर्माण गर्दा तीनको श्रेणी निर्धारण आवश्यक रहेको उनको भनाइ छ । ‘कुन अपराध कुन श्रेणीको हो भन्ने निर्धारण गर्नुपर्छ, सबै अपराध एउटै श्रेणीका हुँदैनन्, त्यसैले कानुन निर्माणमा सिद्धान्त बनाएर जाँदाखेरि अरु कानुनहरुमा पनि केही कुराहरु राखेर जानुपर्ने हुन्छ ।’ मन्त्री पन्तले भने ।
साथै, उनले प्रशासनिक संरचनामा देखिएको कानुनी अस्पष्टताको विषयमा पनि प्रकाश पारे । उनले, हाल सचिवभन्दा मुनिको तर सहसचिवभन्दा माथिको तह कानुनी रूपमा स्पष्ट नभएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।