भैरहवामा रास्वपाको संसदीय दलको बैठक शुरु

२०८२ श्रावण १४ बुधवार
सारांश
  • प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक भैरहवाको रमादा होटलमा शुरु भएको हो

भैरहवा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा शुरु भएको छ । 

 

प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक भैरहवाको रमादा होटलमा शुरु भएको हो । रास्वपाले आगामी कार्तिकमा हुने रुपन्देही -३ को उपनिर्वाचनलाई ध्यानमा राख्दै भैरहवामा नै संसदीय दलको बैठक बसेको छ । 

 

यस अघि रास्वपाका सांसदहरुले सामुहिक रुपमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट गर्न खोजेपनि कारागार प्रशासनले नदिएपछि कार्यवाहक सभापति डिपी अर्याल र सोबिता गौतमले मात्र भेट गरेको बताइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार