नाउपाले रञ्जितालाई अध्यक्षबाट हटायो, आयोगमा दिइयो जानकारी

२०८२ श्रावण १४ बुधवार
सारांश
  • नाउपाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्ष श्रेष्ठले विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाउदै उनलाई अध्यक्ष पदबाट हटाइएको बताइएको छ ।

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरम अवस्थामा पुगेको छ ।

 

नाउपाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्ष श्रेष्ठले विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाउदै उनलाई अध्यक्ष पदबाट हटाइएको बताइएको छ ।

 

पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएकी श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि बहुमत केन्द्रीय सदस्य असन्तुष्ट बनेका थिए ।

 

त्यसपछि नाउपाको रामलाल डगौराको नेतृत्वमा सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेको अनुशासन समितिले श्रेष्ठलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समयमा स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई मंगलबार नै दिएको बताएको छ ।

 

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएउने अनुशासन समितिको कारबाहीको निर्णय आज बसिरहेको नाउपाको राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार