संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

२०८२ श्रावण १२ सोमवार
सारांश
  • बैठकमा दुवै पार्टीका नेताहरुले समाजवादी मोर्चाको भोलि हुने बैठकलाई कसरी सफल र उपलब्धिमूलक बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् ।

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता तथा छलफल भएको छ ।

 

बैठकमा दुवै पार्टीका नेताहरुले समाजवादी मोर्चाको भोलि हुने बैठकलाई कसरी सफल र उपलब्धिमूलक बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् ।

 

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए ।

 

‘सामुदायिक शिक्षा सम्बन्धी विधेयक अड्किएको छ, संघीय निजामति सेवा सम्बन्धी विधेयकमा षड्यन्त्र भएको छ,’ उपाध्यक्ष ज्वालाले भने, ‘निजामति विधेयक राष्ट्रिय सभामा पुगेपछि फेरि दयनीय अवस्थामा फर्काउने षड्यन्त्र भइरहेको छ ।’

 

उनले संसदमा दुवै पार्टीका सांसदहरुले सशक्त भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल भएको बताए ।

 

‘सरकारका क्रियाकलाप र देखिएका नकारात्मक प्रवृत्तिहरु विरुद्ध संसदमा कसरी प्रभावकारी ढंगले प्रस्तुत हुने भन्नेबारे पनि विस्तृत छलफल भयो,’ ज्वालाले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार