पर्यटनको विकास संस्कृतिको प्रवद्र्धनसँग जोडिएको छ : मन्त्री पाण्डे
२०८२ श्रावण १२ सोमवार
- सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् ।
सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् ।
उनले भने, ‘संस्कृतिलाई जति प्रवद्र्धन गरिन्छ, विकास गरिन्छ, त्यसले पर्यटनलाई नै विकास गर्ने हो । यसका लागि निजी क्षेत्र बलियो बन्न आवश्यक छ । निजी क्षेत्रका लागि सरकारले के गर्न आवश्यक छ त्यो गर्न सरकार तत्पर छ ।’
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको सशक्तिकरणमा आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । उनले संविधान जारी भएको २०७२ साल यता पर्यटन क्षेत्रले थप गति लिएको उल्लेख गर्दै पर्वतारोहण क्षेत्रको सफलताको श्रेय नेपाल पर्वतारोहण संघलाई दिए ।
उनका अनुसार पर्यटन नीति भन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता छ । संस्कृति नीति पनि तयारीको चरणमा रहेको जानकारी दिँदै उनले चीनको सहकार्यमा सञ्चालित हिमालयन एयरलायन्सजस्ता परियोजनाले राष्ट्रिय पहिचान मजबुत बनाउन सहयोग गरेको उल्लेख गरे ।
‘हामीले पोखरा–ल्हासा उडानको पहल ग¥यौँ । घाटामा भए पनि चलाइरहनु भएको छ,’ उनले भने, ‘विदेशी एयरलायन्सहरू नाफा कमाउँछन्, मार्केटिङ पनि उनकै हुन्छ ।’
कतार एयरलायन्सको उदाहरण दिँदै उनले नेपालमा अन्तर्राष्ट्रिय यात्रुको ३१ प्रतिशतभन्दा बढी हिस्सा यसै एयरलायन्सले ओगटेको बताए । मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित संघ–संस्थाले स्पष्ट एजेन्डासहित सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
‘होटेल, ट्रेकिङ लगायत सबै क्षेत्रमा एशोसिएसनहरू बलियो हुनुपर्छ । निजी क्षेत्र अगाडि आएमा सरकार सघाउनेछ, के गर्न सकिन्छ, के गर्न सकिँदैन, के सुधार गर्नुपर्छ भन्नेमा ध्यान दिन जरुरी छ,’ मन्त्री पाण्डेले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।