आज पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

२०८२ श्रावण १२ सोमवार
सारांश
  • स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक
  • १० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक
  • बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको ९९ औँ बैठक

काठमाडौं: आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । 

 

सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 


दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना ( आ.व. २०८२÷८३ २०८६÷८७) को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल सम्बन्धमा गरिने कार्यसूची छ ।


बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गरिने छ । 


यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिने कार्यसूची रहेको छ ।  


सार्वजनिक लेखा समितिको ४७ औं बैठक बिहान ११ बजे बस्दैछ छ भने बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरुसँग छलफल गरिने छ । 


बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको ९९ औँ बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार