आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

२०८२ श्रावण ११ आईतवार
सारांश
  • दिउसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

काठमाडौँ: आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।

 

आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । त्यस्तै आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), २०८० को बैठक पनि बस्दैछ ।

 

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बधित आ.व. २०८२/८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश  भए/नभएको अवस्था आयोगको आ.व. २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीको विषयमा छलफल हुने समितिले जनाएको छ ।

 

त्यस्तै दिउसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

 

त्यसैगरी बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तर्क्रिया कार्यक्रम तथा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी दिउसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ  ।

 

त्यस्तै बिहान ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ  ।     

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार