२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन: मन्त्री खड्का
२०८२ श्रावण ११ आईतवार
- हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरु देखिएको भन्दै चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।
आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए ।
उनले भने,‘२४ औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेकोछ ।’
त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरु देखिएको भन्दै चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘चुनौतीहरु त हरेक क्षेत्रमा देखिएका छन् । यो क्षेत्रमा पनि छ । तर हामी चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’