एआई भविष्यको सपना होइन, अहिलेको आवश्यकता हो : सभापति देउवा
२०८२ श्रावण ११ आईतवार
- पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब केवल भविष्यको कल्पना नभइ वर्तमानको आवश्यकता भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताएका हुन् ।
उनले भने, ‘अहिले समय नै इन्टरनेटको हो । आज आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हामीले गर्न थालेका छौँ । यसको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्नेछ भन्ने मलाई विश्वास छ ।’
उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘हामी धेरै कुरा गर्न सक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा । प्रविधि यहाँसम्म आइपुगेको छ, त्यसैले यसको सदुपयोग गर्न सक्ने हो भने देशको विकासमा ठूलो योगदान पुग्नेछ,’ देउवाले भने ।
सभापति देउवाले प्रविधिको पहुँचले जनतालाई छिटो, छरितो र पारदर्शी सेवा प्रवाहमा सघाउ पु¥याएको बताए । ‘घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ र प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएका छन्,’ उनले थपे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।