काठमाडौंमा कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र
२०८२ श्रावण १० शनिवार
- कवाड व्यवसायी समाज नेपालले आज गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ ।
काठमाडौं : नेपालमा लामो समयदेखि प्रचलित कवाड व्यवसायसँग संलग्न व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध आवाज उठाएका छन् । कवाड व्यवसायी समाज नेपालले आज गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ ।
ज्ञापन पत्रमा उल्लेख भएअनुसार, कवाड व्यवसायीहरु सरकारले तोकेको कर तथा कानुनी दायरामा रही व्यवसाय गर्दै आएका छन् । उनीहरुले स्टील, प्लाष्टिक, कागज, मदिराजन्य, ब्याट्री तथा मेटल उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको र यसले देशको व्यापार घाटा कम गर्न मद्दत पु¥याएको जनाएका छन् ।
संघका अध्यक्ष राम केवल गुप्ताका अनुसार, अहिले देशभर एक लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा यस व्यवसायमा संलग्न छन् । वातावरणीय सरसफाईमा समेत यसको उल्लेख्य योगदान रहेको उनले बताए ।
तर, व्यवसायीहरुको गुनासो अनुसार, विगत दुई वर्षदेखि काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरी ‘गुण्डागर्दी शैली’मा कवाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट, अपहरण तथा संरचनाहरू भत्काउनेजस्ता कार्य गर्दै आएको छ । केही घटनामा मजदुरको टाउको फुट्ने र अङ्गभङ्गसमेत भएको जनाइएको छ ।
व्यवसायीहरुले मेयर बालेन्द्र शाहमाथि पनि गम्भीर आरोप लगाएका छन् । ज्ञापनमा भनिएको छ, ‘मेयर शाहले काठमाडौंबाट गरिब र श्रमिक वर्गलाई हटाउने नीति लिएका छन्,’ र यो नीति प्रतिगामी भएको उनीहरुको भनाइ छ ।
कवाड व्यवसायी समाज नेपालले सरकारसँग व्यवसायीको ज्यान–मालको सुरक्षा सुनिश्चित गर्न, कुटपिट र संरचना भत्काउने कार्य तत्काल रोकिन, तथा श्रमिकहरूमाथि भइरहेको ज्यादतीको छानबिन गर्न आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।