व्यवहारिक र प्रविधिमैत्री शिक्षण प्रणाली जरुरी छ : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण १० शनिवार
- शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औँल्याए । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए ।
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले व्यवहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणाली अवलम्बन गर्न जरुरी भएको बताएका छन् ।
शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औँल्याए । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए ।
वर्तमान शिक्षा प्रणाली परम्परागत भएको भन्दै विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्य राखेर शैक्षिक गुणस्तर बढाउन नसकिने उनले बताए । मुख्यमन्त्री कँडेलले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
“शिक्षामा रूपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन र सक्षम शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने ।
नवनिर्मित विद्यालय भवनले सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए ।
मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा शिक्षाको माध्यमबाट दीर्घकालीन विकास सम्भव हुने उल्लेख गर्दै शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । शिक्षा अब सामाजिक परिवर्तनको साधन हुनुपर्छ, त्यसका लागि हामी सबै एकजुट हुनु पर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे । उनले शैक्षिक भवन निर्माणसँगै सुर्खेत विमानस्थल विस्तारको कार्यमा सहजता हुने विश्वास व्यक्त गरे । शैक्षिक भवन कर्णाली प्रदेश सरकारको पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ रुपैयाँ ४६ पैसा लागतमा ३३ कोठाको भवन निर्माण हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।