रेशम चौधरीको रञ्जितालाई सन्देश- आरोप बारे केन्द्रीय समितिमा जवाफ दिनुस्, भाग्न पाउनुहुन्न
२०८२ श्रावण ९ शुक्रवार
- चौधरीले भिडियो सन्देश जारी गर्दै रञ्जितालाई तपाइँ भाग्न नपाउने र आफूमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् ।
काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेका आरोप केन्द्रीय समितिको बैठकमा आएर दिनुपर्ने बताएका छन् ।
चौधरीले भिडियो सन्देश जारी गर्दै रञ्जितालाई तपाइँ भाग्न नपाउने र आफूमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् ।
रञ्जिता कास्कीको लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको पाइएपछि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन् ।
चौधरीले भनेका छन्- 'अध्यक्षले बैठक बैधानिक छैन भनेको सुनेको छु, यसो भनेर अध्यक्ष जी पन्छिन पाउनु हुन्न । साथीहरुले बैठक बोलाउनु भएछ, के कारणले बैठक बोलाउनु भएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसके पछाडि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’
चौधरीले अहिलेको परिस्थिति अध्यक्षको कारणले भएको भन्दै केन्द्रिय सदस्यमा आएर जवाफ दिनुपर्छ र पार्टीलाई बन्धक बनाउन नपाइने बताएका छन् ।
उनले केन्द्रीय समितिको बैठक आफुले सुझाव दिएर बोलाइएको भन्दै आफु निकासको बाधक नभएको बताए । उनले आफुलाई संरक्षक बनाइएको र पार्टीमा भूमिका विहिन बनेको गुनासो समेत गरेका छन् । उनले पार्टीमा समस्या भए पार्टीमा छलफल गर्न सबैलाई आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’